२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


काठमाडौं महानगरपालिकाको वार्षिक बजेट कति ? यस्तो छ सार्वजनिक बजेट


13
Shares

२९औं महानगर परिषद्बाट पारित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न सोमबार राजधानीमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइयो ।

कार्यक्रमअनुसार सहरी पूर्वाधार विकास तथा सार्वजनिकस्थल निर्माणका लागि १ अर्ब ६२ करोड ९८ लाख विनियोजन गरिएको छ भने जनस्वास्थ्य तथा सामाजिक विकासमा ११ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै, सम्पदा पुनःनिमार्ण तथा विकासका लागि ४१ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विपद् व्यवस्थापनको लागि ११ करोड ३१ लाख, सहरी हरियाली प्रवद्र्धनको लागि ८१ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।

त्यस्तै, विभिन्न जग्गा एकीकरणका लागि ८१ करोड २५ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ ।

टेकुस्थित काठमाडौं महानगरपालिको भवन निर्माण गर्न ३१ करोड थप रकम विनियोजन भएको छ ।

बजेट प्रस्ताव गर्दै महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिहं तामाङले काठमाडौं महानगरपालिकाभित्र २७ ओटा सहरी स्वास्थ्य क्लिनिकहरुको सुदृढीकरण गर्ने बताए ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट १ अर्ब ८३ करोड ९९ लाख ८४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

कार्यक्रममा सघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय निकायको निवार्चन हुन नसक्दा काममा बाधा भएको बताए ।

कार्यक्रममा घरबाहल कर बढी तिरेको भन्दै विशाल बजार कम्पनी र एनसेललाई सम्मान गरिएको थियो ।