मन्त्री लेखकले गरे एकैदिन पाँचओटा पुलको शिलान्यास

उनले रौतहटको चादी र बाग्मती नदीमाथि विभिन्न स्थानमा निर्माण हुने पुलहरुको शिलान्यास गरेका हुन् ।
यस्तै, उनले बाग्मती नदीमा निर्माणाधीन बडहरवा पुलको निरीक्षणसमेत गरे ।
चन्द्रपुर–२ गैडाटार जाने चादी नदीको पुल शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले तराईमा हुलाकी राजमार्ग निर्माणको काम पनि सरकारले अघि बढाउने तयारी गरेको बताए ।