गोरखा, चैत १ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अहिले गरिरहेको गतिविधिमा सरकार कानमा तेल हालेर नबस्ने बताएका छन् ।
शुक्रबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले जनतामाथि आक्रमण गर्ने, नेताहरुलाई मार्ने योजना बनाउने र चन्दा असुली गर्ने क्रियाकलाप गरिरहँदा चुप लागेर बस्न नसकिने तर्क गरे ।
संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र आइसकेको अवस्थामा सबै शक्ति राजनीतिको मूल प्रवाहमा आउनुपर्ने उनको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्