२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


डोनाल्ड ट्रम्पले आफ्नै ज्वाईंलाई वरिष्ठ सल्लाहकार बनाउने


0
Shares

राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन् ।

ससुरा ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ३५ वर्षीय कुशनरले ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने खबरहरुमा उल्लेख छ ।

राष्ट्रपति निर्वाचनमा ससुरा ट्रम्पलाई अर्थ संकलन गर्न कुशनरको ठूलो भूमिका थियो । आगामी दिनमा मध्य पूर्वमा व्यवसायसम्बन्धि सम्झौता गर्ने जिम्मेवारी पनि कुशनरको रहने जनाइएको छ ।

यद्यपि, आलोचकहरुले भने यसरी सरकारी नियुक्तिमा आफ्ना नातेदारलाई नियुक्त गर्नु अमेरिकी भाइभतिजावाद कानूनको उल्लंघन हुने पनि बताएका छन् । कुशनर स्वयं पनि ससुरा झंै एक घरजग्गा कारोबारी हुन् । (एजेन्सी)