बुटवल, चैत १ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले कर्मचारीलाई केन्द्रमाभन्दा प्रदेशमा कामको अवसर भएको बताएका छन् ।
समायोजनपछि प्रदेश–५ पुगेका कर्मचारीको स्वागतमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आगामी दिनमा केन्द्रमा काम नहुने र तल्लो तहमा कामको चाप हुने भएको बताए ।
उनले पारदर्शीढंगले काम गर्दा अप्ठ्यारो भए आफूले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले प्रक्रिया सहज बनाइदिन सकिने तर ढिलासुस्ती र प्रलोभनमा पर्ने छुट कर्मचारीलाई नहुनेमा पनि सचेत गराए ।








प्रतिक्रिया दिनुहोस्