नुवाकोटको तारुका र बेत्रावतीमा २८ हल गोरु जुधाइने « Image Khabar


नुवाकोटको तारुका र बेत्रावतीमा २८ हल गोरु जुधाइने


Imagekhabar
२६ पुष २०७३, मंगलवार १५:२९

ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने तथा स्थानीय पुरानो चलनलाई जोगाउने उद्देश्यले गोरुजुधाइ प्रतियोगिता गर्न लागिएको हो ।

नुवाकोटको तारुका वडा नम्बर–५ र रसुवाको सीमावर्ती क्षेत्र बेत्रावतीमा गरी २८ हल गोरु जुधाइने आयोजकले जनाएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गोरुजुधाइ आयोजक रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारीले महोत्वसमा तारुकामा कम्तीमा १८ र बेत्रावतीमा १० हल गोरु जुधाइने जानकारी दिए ।

कार्यक्रममा स्वदेशी तथा विदेशी पयर्टकको सहभागिता हुने अपेक्षासमेत आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्