काठमाडौं, चैत १ । भारत र श्रीलंका एक खेलअघि नै विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको समूह ‘बी’को खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेसँगै श्रीलंका र भारत अन्तिम चारमा पुगेका हुन् ।
माल्दिभ्स आफ्नो पहिलो खेलमा भारतसित ६–० ले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।
भारत र श्रीलंका समूह विजेताका लागि आइतबार खेल्नेछन् ।
समूह विजेताको टुंगो शनिबार
समूह ‘ए’को खेलबाट नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । समूह विजेताको टुंगो शनिबार हुने खेलबाट लाग्नेछ ।
नेपालले भुटानलाई ३–० ले हराउँदा बंगलादेशले भुटानलाई २–० ले पराजित गरेको थियो ।
शनिबारको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्