बसपार्क स्तरोन्नतिको काम धमाधम « Image Khabar


बसपार्क स्तरोन्नतिको काम धमाधम


Imagekhabar
२७ पुष २०७३, बुधबार १३:३९

जिल्लामा अन्य विकास निर्माणका आयोजनाको काममा ढिलासुस्ती भइरहेका बेला घोराही बसपार्क स्तरोन्नतिको काम भने तिव्र गतिमा भएको हो ।

भवन डिभिजन कार्यालय दाङले १ करोड ३९ लाख रुपैयाँको लागतमा घोराही बसपार्कको ४ हजार ३ सय १५ वर्गमिटर आरसीसी ढलान तथा डेढ फिट चौडाई र २ सय २० मिटर लम्बाईको फुटपाथ निर्माण थालेको हो ।

२०७४ साल असोजसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको पीएम प्रेमधन जेभीले निर्माण थालेको २ महिनामै ३५ प्रतिशत काम सम्पन्न भइसकेको भवन डिभिजन कार्यालय दाङले जनाएको छ ।

आरसीसीको काम भइरहे पनि फुटपाथ बनाउने काम भने अझै सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्