१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024


सुनको मूल्य स्थीर, चाँदीको समान्य घट्यो


0
Shares

काठमाडौं, असार २२ । शुक्रबार सुनको मूल्य स्थीर रह्यो भने चाँदीको मूल्यमा सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५७ हजार ८०० रुपैयाँमै स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलामा २०० रुपैयाँले उकालो लागेको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले ओरालो लागेर तोलाको ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५५ डलर हाराहारीमा कारोबार भएको थियो ।