२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


इटालीका प्रधानमन्त्री अस्वस्थ, आकस्मिक शल्यक्रिया सम्पन्न


0
Shares

यात्राकाक्रममा असहज महसुस गरेपछि उनीलाई उपचारका लाग अस्पताल भर्ना गरिएको थियो । उपचारकाक्रममा रक्तनली अवरुद्ध भएको तथा साघुरिएको भन्दै उनको शल्यक्रिया गरिएको हो ।

६२ वर्षीय प्रधानमन्त्री शल्यक्रियापछि होसमा आइसकेको र उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उनका सहयोगीले बताए ।

‘बुधबार बिहान हामीले कुराकानी गर्‍यौं, मलाई विश्वास छ, प्रधानमन्त्री छिट्टै काममा फर्किनुहुनेछ’–जेन्टिलोनीका निकट रहेका मन्त्री बेनेडेट्टो डेल्ला वेदोभाले सन्चारकर्मीसँगको कुराकानीमा बताए ।

उनको उपचार एन्जियोप्लाष्टी प्रविधिबाट गरिएको थियो ।

इटालीका पूर्वप्रधानमन्त्री मेटेओ रेन्जीले इटालीमा भएको जनमतसंग्रहमा अपेक्षाकृत नतिजा पाउन नसकेपछि अकस्मात् राजीनामा दिएका थिए ।

जेन्टिलोनीलाई गत महिनामा नियुक्त गरिएको थियो ।

प्रधानमन्त्री नियुक्त भएपछि युरोपेली मुलकका नेताहरुसँगको भेटलाई प्राथमिकतामा राखी विदेश दौडाहमा थिए । उनले बिहीबार बेलायती समकक्षी थेरेसा मेसँग भेट्ने कार्यक्रम थियो । रासस/एएफपी