सगरमाथा इन्स्योरेन्स को २२ प्रतिशत बोनस प्रस्ताव पारित

कम्पनीको बुधबार राजधानीमा सम्पन्न २०औं वार्षिक साधारणसभाले प्रिमियममा साधारण सेयरको नयाँ निष्कासन (एफपीओ) जारी गरी पुँजी बृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनी आर्थिक वर्ष २०७२/७३ मा २० करोड ६७ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । यो अघिल्लो वर्षको तुलनामा १ सय ७५ प्रतिशतले बढी हो ।
कम्पनीले व्यवसायमा बृद्धि गर्दै १ अर्ब ११ करोड प्रिमियम आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो ।
कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत् गर्दै अध्यक्ष रामकृष्ण मानन्धरले प्रभावकारी रणनीतिका कारण कम्पनीले निरन्तर प्रगति हासिल गर्न सफल भएको बताए ।
विषम परिस्थितिका बाबजुद् पनि हालसम्मको प्रगतिबाट चालु आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्य पूरा हुने उनले विश्वास व्यक्त गरे ।
चालु आर्थिक वर्षमा १ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम संकलन गर्ने लक्ष्य राखेको कम्पनीले २०७३ मंसिर मसान्तसम्म ५४ करोड ५ लाख रुपैयाँ संकलन गरिसकेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा क्षेत्रमा कम्पनीको प्रगति उल्लेख्य रहेको बताए ।
उनले भूकम्पपीडितले दाबी गरेकामध्ये ९५ प्रतिशत दाबी भुक्तानी गरिसकेको बताए ।
कम्पनीले शिक्षा, स्वास्थ्यसम्बन्धी योजना ल्याउन लागेको पनि उनले बताए ।
३३ ओटा शाखा, उपशाखामार्फत् बिमा सेवा प्रदान गर्दै आएको सगरमाथाले चालु आर्थिक वर्षको अन्त्यसम्म शाखा संख्या ४२ पुर्याउने जनाएको छ ।