
-गृष्मा राजभण्डारी, ईमेज
ट्राफिक सहायताका लागि राखिएका वत्तिहरु कामै नलाग्ने भएपछि ट्राफिक प्रहरी यो हैरानी ब्यहोर्न बाध्य भएका हुन् ।
करोडौं करोड खर्चेर निर्माण गरिएको राजधानी काठमाडौंको ट्राफिक वत्तिको यो हालत देख्दा राज्य सञ्चालक र प्रशासकहरुप्रति टीठ लागेर आउँछ ।
धुलो, धंँवा अनि सडकको बचिमा ठिंग उभिएर लगातार हात हल्लाएर गरिने यो इशारा । नेपालीका लागि यि दृष्य कुनै नौलो होइन ।
यद्यपि, नेपाल छिर्ने विदेशीका लागि भने नेपालको ट्राफिक सिस्टम नितान्त नौलो लाग्न सक्छ । शहरीकरणसँगै बढेका सवारी साधन अनि त्यसले निम्त्याएको ट्राफिक जाम शहरबासी नेपालीको नियती नै बनेको छ ।
बढ्दो शहरीकरणसँगै बढेका सवारी साधन अनि त्यसले निम्त्याएको ट्राफिक जाम राजधानीवासीको नियती नै भइसकेको छ ।
व्यस्त जीवनशैली अनि हतारको यात्राका लागि ट्राफिक जाम चुनौती बनेको हो । ठाउँठाउँमा खटिएका ट्राफिक प्रहरीको आँखा छल्दै सवारी चलाउने पनि उत्तिकै छन् ।
विश्वका अरु देशमा नभएका कतिपय ट्राफिक नियम हाम्रै देशमा छ । ट्राफिक वत्ति हुनुपर्ने शहरका चोक चोकमा बत्ति पनि जडान गरिएका छन् । बिडम्बना ती मध्ये पाँच प्रतिशत ट्राफिक वत्ति मात्र सही हालतमा छन् ।
यति मात्र होइन बटुवालाई ठाउँ ठाउँमा बाटो काट्न सजिलो होस भन्ने हेतुले बनाईएका बत्रिसमेत बल्दैनन् । त्यसैले त सवारी ब्यबस्थापनका लागि खटिएका यी ट्राफिक प्रहरीले धुलो धुँवामा दिनरात हातको इशारामा ट्राफिक ब्यबस्थापन गर्न बाध्य हुनु परेको हो ।
विकास निर्माणसँगै सडक झिलीमिली पार्न सौर्य बत्ती जडान गरी राजधानीलाई उज्यालो पार्न खोजिएपनि ती बत्ति अधिकांश बल्दैनन् ।
विदेशकै सिको गरेर भएपनि राजधानीलाई केही राम्रो गर्न खोजेको यो प्रयास सिरोकारवाला निकायको लापर्वाहीका कारण करोडौंको संरचना उपयोगहीन भएको हो ।
बढ्दो सवारी दुर्घटना न्युनीकरण र शहरको शोभासमेत बढाउनका लागि गरिएको पहल सरोकारवाला निकायको बेवास्ताका कारण अलपत्र बनेको हो ।
त्यसोत महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने र गाडी चलाउँदा सिट बेल्ट प्रयोग नगर्नेलगायतलाई कारबाही र जरिवाना भराउने गरेको पनि छ ।
तर शहरको शोभा बढाउन र दुर्घटना न्यूनीकरणका लागि करोडौं खर्चेर बनाइएका यी ट्राफिक वत्ति नबल्दा सवारी धनी र बटुवा ट्राफिकको हातको इशारामा भर पर्नु परेको त छ नै, त्यस अलावा शहरभरी ठड्याइएका यी पोलले करोडौंकरोडको लगानी स्वाहा भइरहँदा पनि किञ्चित वास्ता नगर्ने नेपाली राज्य सञ्चालक र प्रशासकहरुलाई रामैंसँग गिज्याइरहेको भान हुन्छ ।
साथमा मिलन भण्डारी र देवेन्द्र महर्जन(ईमेज)
प्रतिक्रिया दिनुहोस्