२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अर्घाखाँचीबासीलाई पोखरा जान टाढा भए सुरुङमार्ग बनाइदिन्छौं : ऊर्जामन्त्री


0
Shares

                                                                                              फाइल फोटो
प्रेस सेन्टर नेपालले विहीबार अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र, संघीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त गरे ।

मन्त्री शर्माले रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङमार्ग निर्माण गरिदिने पनि आश्वासन दिए ।

उनले देशभर नै विद्युत्भार कटौती अन्त्य गर्ने गरी ऊर्जा मन्त्रालय लागिपरेको बताउँदै अहिले काठमाडौंसहितका सहरमा विद्युत्भार कटौतीमुक्त भएको उल्लेख गरे ।

उनले अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सन्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको शारदा, उत्तरगंगा, अरुण तमोर, बूढीगन्डकीलगायतका परियोजनालाई अगाडि बढाउने गरी काम भइरहेको बताए । रासस