२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनको मूल्य विहीबार पनि उकालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले बढेर तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार चाँदीको मूल्य भने तोलाको ७ सय ९० रुपैयाँमा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ५ डलर हाराहारीमा कारोबार भएको थियो ।