२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


शीर्ष नेताहरुसँग राष्ट्रपतिद्वारा छलफल, निर्वाचनको तयारीबारे प्रधानमन्त्रीद्वारा जानकारी


0
Shares

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई बोलाएर राजनीतिक घटनाक्रमबारे जानकारी लिएकी हुन् ।

छलफलमा प्रधानमन्त्री दाहालले सरकार निर्वाचन घोषणा गर्ने अन्तिम तयारीमा रहेको भन्दै त्यसमा प्रतिपक्षी दलको साथ खोजिरहेको बताएका थिए ।

एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने आफूहरु शुरुदेखि नै निर्वाचनमा पक्षमा रहेकाले चाँडो मिति घोषण गर्न सरकारसँग आग्रह गरे ।

कांग्रेस सभापति देउवाले संशोधन प्रस्तावलाई सकारात्मक रुपमा टुंगोमा पु¥याएर सबैलाई समेटी निर्वाचनमा जाने बातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेताहरुबीच संविधान संशोधन प्रस्ताव, निर्वाचनको मिति, लोकमान प्रकरणलगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

केही दिनअघि पनि राष्ट्रपति भण्डारीले पाँच दलका नेतालाई बोलाएर सहमतिका साथ अघि बढ्न र चुनाव केन्द्रित हुन आग्रह गरेकी थिइन् ।

यसैबीच, प्रधानमन्त्री दाहालले शुक्रबार विहान मधेशी मोर्चासँग छलफल गर्दैछन् ।

विपक्षी दलको विरोधकैबीच संसदमा पेश गरिएको संविधान संशोधन विधेयकलगायतका विषयमा मोर्चासँग छलफल गर्न लागिएको हो । मोर्चाका नेताहरु भने संविधान संशोधन विधेयकमा गर्न खोजिएको परिर्माजन, राज्य पुनर्संरचना आयोग गठन, स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलगायत विषयमा सरकारको धारणा माग्ने तयारीमा छन् ।

मधेशी मोर्चामा आवद्ध दलहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनप्रति असहमति राख्दै आएका छन् ।