२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति मधेसी मोर्चाको आपत्ति


0
Shares

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलसँग भएको छलफलमा मोर्चाले न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै विरोध जनाएको हो ।

बैठकमा स्थानीय तहको संरचनाप्रति असन्तुष्टि जनाउदै मोर्चाका नेताले निर्वाचनको वातावरण अझै तयार नभएको बताएको थिए । बैठकमा संविधान संशोधन सम्वन्धी विधेयक परिमार्जन गरेरमात्र निर्वाचनमा जाने सहमति भएको छ ।

विधेयक परिमार्जन गर्ने विषयमा सरकार र मोर्चाबीचको छलफल फेरि गरेर टुङ्गोमा पुग्ने सहमति भएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, मातृका यादव, पम्फा भुषाल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, अशोक राईलगायत सहभागी थिए ।