
सर्लाहीको हरिवनमा आयोजित एक समारोहबीच सानिमाका ब्रान्ड प्रवद्र्धकद्वय हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, सानिमा बैंकका सन्चालक समितिका सदस्यद्वय भरतकुमार पोखरेल र महेश घिमिरेले संयुक्तरुपमा प्राप्तिकार्यको शुभारम्भ गरे ।
अब सानिमा बैंकको शाखा सञ्जालमा हरिवन तथा लालबन्दी शाखाहरु पनि थपिएका छन् ।
प्राप्तिपश्चात सानिमा बैंकले हरिवन र लालबन्दी शाखाबाट पनि सम्पूर्ण वित्तीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रममा महजोडीले बैंक प्राप्तिकार्य सम्पन्न भएकोमा बैंकलाई बधाइ दिँदै सानिमाको सफलता तथा सवल र विश्वसनीय बैंककोरुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
प्राप्ति पश्चात बैंकको चुक्तापुँजी ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने मेचीदेखि महाकालीसम्म शाखा सञ्जाल ४३ ओटा तथा एटीएम संख्या ४९ ओटा पुगेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्