
माघे संक्रान्तिका दिन स्वास्थ्यका दृष्टिले शक्तिबद्र्धक मानिने तरुल, चाकु, सखरखन्ड र खिचडी खाने चलन रहेको छ ।
‘पुसमा पाक्य माघमा चाख्य’ भन्ने उखान नेपाली समाजमा निकै प्रचलित छ । पुस महिनाको अन्तिम दिन तरुल, पिँडालु, सखरखन्डजस्ता कन्दमूल तथा घिउ–चाकु, तिलको लड्डू, मास वा फापरको बारा, फुरौला पकाउने गरिन्छ भने यी परिकारहरु माघे संक्रान्तिको दिन खाने चलन रहेको छ ।
तरुलमा भिटामिन ‘सी’, फाइबरसमेत प्राप्त हुने भएकाले बाथ रोगीहरुले तरुल नियमितरुपमा सेवन गर्नु स्वास्थ्यको लागि पनि राम्रो हुने चिकित्सकहरुले बताएका छन् ।
कोलिस्टोर र कब्जियतका कारण हुने समस्या पनि तरुलले कम गराउने चिकित्सकहरु बताउँछन् ।
ज्योतिषशास्त्रअनुसार माघे संक्रान्तिको दिनदेखी सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।
यस दिनदेखि सूर्य उत्तरायण हुन सुरु हुन्छ । अर्थात् सूर्य उत्तर दिशातर्फ सर्न थाल्दछ ।
यसदिन विभिन्न तीर्थ स्थलहरुमा पुगेर मकर नुहाउने चलन पनि रहेको छ ।
माघे संक्रान्तिलाई थारु समुदायले माघीकोरुपमा मनाउने गर्दछन् भने केही समययता मगर समुदायले पनि माघे संक्रान्तिलाई विशेषरुपमा मनाउन थालेका छन् । एक विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्