
प्रत्येक वर्ष माघे संक्रान्तिका दिन लाग्ने मेलामा यो वर्ष २० जना कृषकका १० हल गोरु जुधाइएको गोसाइँकुन्ड युवा क्लबले जनाएको छ ।
नेपाल र चीनबीच वि.सं. १८४९ साल असोज १७ गते भएको बेत्रावती सन्धिको खुसियाली तथा ग्रामीण पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले यहाँ गोरुजुधाइ मेला लाग्ने गरेको हो ।
विगतमा परम्परामामात्र सीमित रहेको यो मेला १८ वर्षयता स्थानीयले बलिया गोरु छानेर जुधाउँदै रमाइलो गर्ने गर्दछन् ।
गोरुले प्रतियोगिता जिते गाउँमा आफ्नो शान नै बेग्लै हुने भएकाले पनि जिल्लाका किसानहरुले गोरुपालनमा विशेष ध्यान पुर्याउने गरेका छन् ।
गोरुजुधाइ हेर्न नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर तथा रसुवा जिल्लाबाट सयौं मानिस पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्