
राजधानीमा बसोबास गर्ने थारु समुदाय र विभिन्न जिल्लाबाट माघी मनाउन आएका थारु समुदायले टुँडिखेलमा बेग्लाबेग्लै थारु महोत्सव मनाएका हुन् ।
माघी महोत्सवमा उनीहरुले थारु संस्कृति झल्कने विभिन्न स्टलहरु र खानाका विभिन्न परिकारसमेत राखेका छन् ।
थारु जातिको नयाँवर्ष तथा महान् पर्व माघीलाई आफ्नो कला, संस्कृतिको संरक्षणकोरुपमा पनि लिइन्छ ।
माघी पर्वमा थारु समुदायले एक आपसमा खुसी साटासाट र शुभकामना आदान–प्रदान गरी मिष्ठान्न भोजन गर्ने चलन छ ।
उनीहरु मासुको जोहो गरेर विभिन्न परिकार बनाएर खाने र पाहुनालाई खुवाउने गर्दछन् ।
यस पर्वमा थारुहरु रातभर मघौटा, ढुम्रा गीत गाएर नाच्ने गर्दछन् भने बिहान नदी, तलाउमा पुगेर स्नान गर्दछन् ।
थारु समुदायले माघी पर्व एक महिनासम्म मनाउने गर्दछन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्