२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेप्सेमा सुधार, रकम घट्यो


0
Shares

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ अंकले बढेर अन्तिम दिन १४ सय ७९ अंकमा पुग्यो । गत साता नेप्से ११ अंकले घटेको थियो ।

यो साता होटल र विकास बैंक समूहबाहेक अरु कारोबार भएका समूहमा बृद्धि आयो । व्यापार समूह स्थीर रह्यो ।

यो साता बीमा समूह सबैभन्दा उच्च २ सय ७५ अंकले बढ्यो । यस्तै, वाणिज्य बैंक समूहमा ३८ अंकको सुधार आयो भने जलविद्युत् समूहमा पनि २८ अंकले सकारात्मक रह्यो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४८ कम्पनीहरुको एक अर्ब ७३ करोड ७९ लाख रुपैयाँ बराबरका एक करोड ३३ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ४९ कम्पनीहरुको दुई अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरका ४५ लाख ४९ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा करिब २० प्रतिशतले कम हो ।

यो साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स, कारोबार भएको सेयर संख्याको आधारमा नबिल व्यालेन्स फन्ड १ र कारोबार संख्याको आधारमा कुमारी बैंक अग्रस्थानमा रहे ।