मुस्ताङमा ल्ह्फेव पर्वको रौनक: यस्तो छ थकालीका चार देवताको शक्ति (भिडियो हेर्नुहोस) « Image Khabar


मुस्ताङमा ल्ह्फेव पर्वको रौनक: यस्तो छ थकालीका चार देवताको शक्ति (भिडियो हेर्नुहोस)


Imagekhabar
२ माघ २०७३, आईतवार १२:०८

-सन्दीप पौड्याल/भरत केसी(ईमेज)

तर, यस बर्ष त्यस विपरित मुस्ताङमा माघ महिनामा समेत होटल नै नपाउने गरी भीड लाग्यो । कारण हो, थकाली जातीको १२ बर्षे ल्ह्फेव पर्व । यस जातिका गौचन, तुलाचन, शेरचन र भट्टचन यो पर्वमा सहभागी भए ।

यो पर्व मनाउन अहिले देश भित्रबाट मात्र नभई विदेशबाट समेत यि चार जाति मुस्ताङको कोवाङमा जम्मा भएका हुन् ।

१२ बर्षसम्म मन्दिरको बाकसभित्र राखिने देवताको पूजा गर्नु नै यो पर्वको विशेषता हो । यि चार जातीका रंग र देवता छुट्टाछुट्टै छन् ।

गौचनको रातो, तुलाचनको हरियो, शेरचनको सेतो र भट्टचनको कालो रंग मानिन्छ । यि चारै जातीका देवताहरुलाई बिभिन्न जनाबरसंग तुलना गरेर पुजिन्छ ।

जसमा गौचनको हात्ती, तुलाचनको जलकी रानी, शेरचनको हिम चितुवा र भट्टचनको याक रहेको छ । तीन बर्ष अगाडी भगवानको रुपमा पूजा गरेर जंगलमा छाडेको याक नै भट्टचनको अहिलेको देवता रहेको भट्टचन बताउँछन् ।

कोवाङ गाविसअन्तर्गत नाउरिकोट, नाखुङ, लार्जुङ, कोवाङ, खन्ती, सउरु र भुजुङकोटका थकाली समुदायले यो पर्व मनाउँछन् । मन्दिरबाट बाहिर निकालिएको देवतालाई लार्जुङमा राखिन्छ ।

पूजाको क्रममा आ–आफ्नो देवताको रंग अनुसार लुगा लगाएर देवतालाई दैनिक एक ठाउँबाट बोकेर अर्को ठाउँमा सार्दै पूजा गरिन्छ ।

मन्दिरबाट निकालिएका यि चारै देवतालाई माघ ३ गते नाखुङमा रहेको ग्होम्पोपो ओडारमा लगेर राखिन्छ । एक महिनासम्म त्यही ओडारमा राखेर पूजा गरिन्छ ।

ओडारमा राखुन्जेल भक्तजनले देवता पूजा गर्न भने पाउँछन् । एक महिनापछि आ-आफ्नो तिथि मिति हेरेर फेरी देवतालाई मन्दिरमा रहेको बाकसमा लगेर राखिन्छ ।

देवतालाई मन्दिरमा राखेपछि फेरी अर्को १२ बर्षपछि मात्र बाहिर निकालिन्छ । मन्दिरमा देवताको पूजा भने नित्य गरिन्छ ।

१२ बर्षे ल्ह्फेव पर्व निकै सफल भएको थकाली सेवा समिति केन्द्रका महासचिव नरेशकुमार तुलाचन बताउँछन् ।

थकाली समुदायको आस्था आफ्नो भगवानप्रति बढी नै छ । त्यसैले पनि अरु चाडपर्वमा उपस्थित हुन नसकेकाहरु १२ बर्षे यस पर्वमा आफ्नो देवताको दर्शन गर्न एक पटक अनिवार्य उपस्थित हुने गर्दछन् ।

त्यसैले मुस्ताङको तापक्रम शून्य डिग्री भन्दा तल झरेर हिउँ वर्षँदासमेत जाडो बिर्सिएर थकालीहरु आफ्नो पर्व मनाउन व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्