माघमा सबै विषय टुंगिएमात्र निर्वाचन सम्भव (भिडियो रिपोर्ट) « Image Khabar


माघमा सबै विषय टुंगिएमात्र निर्वाचन सम्भव (भिडियो रिपोर्ट)


Imagekhabar
२ माघ २०७३, आईतवार १६:१२

२०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता भए पनि दलहरु एकले अर्कोलाई गलाउने दाउमा लाग्दा देश नै गल्ने त होइन भन्ने चिन्ता चिन्तकहरुले गर्न थालेका छन् ।

संविधानतः अबको ११ महिनाभित्र स्थानीय, प्रादेशीक र संघीय संसदको निर्वाचन गरिसक्नुपर्छ । तर निर्वाचन गराउने निर्वाचन आयोग निर्वाचनको मिति नतोक्दिँदा र निर्वाचन कानून नबनाईदिँदा आफैं अन्यौलमा छ ।

माघको महिना गुजारेमा २०७४ माघ ७ भित्र तीन तहको निर्वाचन हुने सम्भावना कम हुने पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल बताउँछन् ।

निर्वाचन नगराउने र विकल्पमा संसदको म्याद थप्ने खेलमा दलहरु लागे भने त्यसले देशलाई बर्बादीमा लैजाने चेतावनी उनको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्