२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


विकासविरोधी गतिविधि गर्नेमाथि निगरानी बढाएका छौं : प्रहरी महानिरीक्षक


0
Shares

झापा, फागुन ३० । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा विकासविरोधी गतिविधि गर्नेमाथि प्रहरीले निगरानी बढाएको बताएका छन् ।

बिहीबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपातर्फ इंगित गर्दै उनले समाजलाई आतंकित पार्नेहरुबारे निर्धक्क भएर प्रहरीलाई सूचना दिन आग्रह गरे ।

उनले शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी तत्पर रहेको बताए ।

प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनभित्र अझै केही सुधार बाँकी रहेकाले आफ्नै कार्यकालमा त्यस्तो सुधार गरेर देखाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।