न्याय परिषदको काममा सत्ताधारी दलले हस्क्षेप गरेको भन्दै एमालेले जनायो आपत्ति « Image Khabar


न्याय परिषदको काममा सत्ताधारी दलले हस्क्षेप गरेको भन्दै एमालेले जनायो आपत्ति


Imagekhabar
२ माघ २०७३, आईतवार १८:२७

एमाले स्थायी समितिको आइतबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरूको नाम सिफारिस गर्ने क्रममा सत्ताधारी दलका केही नेताबाट परिषद्को काममा हस्तक्षेप गरेको र न्याय परिषद्लाई विवादमा तानेको भन्दै आपत्ति जनाएको हो ।

यस्तै एमाले बैठकले आगामी फागुन २१ गतेदेखि तराई केन्द्रीत मेची– महाकाली अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । तराई–मधेसका सबै जिल्लाका मुख्य–मुख्य सहरहरु हुँदै अभियान अघि बढाइने एमालेले जनाएको छ ।

प्रतिपक्षी दलहरुको असहमति र विरोध हुँदाहुँदै संसदीय अभ्यासलाई लत्याउँदै संविधान संशोधन विधेयक अगाडि बढाउनु अनुचित हुने भन्दै एमालेले द्वन्द्व चर्काउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन सम्बन्धि काम अघि नबढाएको भन्दै एमाले बैठकले तत्काल निर्वाचन घोषणा गर्न माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्