२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


माइपोखरी क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा, चार घर जले


0
Shares

अपडेटः

इलाम, फागुन ३० । इलामको धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरीबजारमा बिहीबार दिउँसो १ बजेदेखि लागेको आगो दुई घन्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण माइपोखरी प्रवेशद्वारअगाडिका चारओटा घर जलेर नस्ट भएका छन् ।

स्थानीय चक्र मुखियाको घरबाट सुरु भएको आगलागीबाट उनका छिमेकी कमल मुखिया, निमदोर्जे शेर्पा र लाक्पा शेर्पाको घरसमेत जलेको हो ।

बस्तीसँगै नजिकको वनमासमेत आगो सल्किएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, इलाम सदरमुकामको एउटा दमकल र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब एक करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।