२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


जर्मन चान्सलर मर्केलले गल्ती गरेको डोनाल्ड ट्रम्पको भनाइ


0
Shares

मर्केल यूरोपको सबैभन्दा महत्वपूर्ण नेता भएको भन्दै ट्रम्पले यूरोपियन यूनियन जर्मनीको लागि साधन भएको उल्लेख गरे । उनले आप्रवासीहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुने दोहोर्‍याए ।

ब्रिटेन र जर्मनीका पत्रकारहरुसँग आफ्नो विदेश नीतिको विषयमा विस्तृत अन्तर्वाता दिँदै उनले आफ्नो मुख्य प्राथमिकता अनुकुल अमेरिकी व्यापारको सृजना र बलियो सीमा निर्माण गरेको बताए ।

अमेरिकाले विशेष गरि चीन र बाँकी विश्वसँगको व्यापार घाटा सम्बोधन गर्नुपर्ने स्पष्ट पारे । आफ्नो प्रशासनले खुला व्यापारलाई नभई स्मार्ट व्यापारलाई जोड दिने उनले बताए ।

रुसले आफ्नो आणविक हतियारमा भारी कटौती गरेमा यसको बदलामा अमेरिकी प्रतिबन्ध हटाइने ट्रम्पको भनाइ थियो । (एजेन्सी)