कांग्रेस सभापति देउवाले लगाए एमालेमाथि आरोप « Image Khabar


कांग्रेस सभापति देउवाले लगाए एमालेमाथि आरोप


Imagekhabar
३ माघ २०७३, सोमबार १३:०९

नेपाली कांग्रेस कास्कीले सोमबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले हिमाल, पहाड र तराईबीचको एकता नै देशको आवश्यकता भएको भन्दै झगडा पार्ने काम कसैले गर्न नहुने बताए ।

५ नम्बर प्रदेशका केही जिल्लाको सिमांकन छुट्याउने निर्णयमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच हस्ताक्षर गरिएको विषय भएको र सोही बमोजिम नै संशोधन प्रस्ताव आएको उनको भनाइ थियो ।

सभापति देउवाले आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले संविधानको सफल कार्यान्वयनका लागि आगामी तीनवटै निर्वाचन कांग्रेसले जित्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्