
काठमाडौं, असार २२ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कृषि तथा वन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कृषि तथा वन विज्ञान विश्वविद्यालयले नयाँ योजना बनाइ अगाडि बढ्नु जरुरी रहेको बताए ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्रकाशन गरेको ‘एग्रोफरेस्ट्री सिस्टम्स् एन्ड प्राक्टिसेस् इन नेपाल’ नामक पुस्तक विमोचन गरिएको थियो ।
प्रा. डा. स्वयम्भूमान अमात्यको सन् १९९४ मा प्रकाशित उक्त पुस्तकलाई परिस्कृत गरी पुनः प्रकाशन गरिएको हो ।
पुस्तकले कृषिमा स्नातक र स्नातकोत्तर गर्दै गरेका विद्यार्थीलाई सहयोग पुग्ने लेखक अमात्यले बताए ।
प्रतिक्रिया दिनुहोस्