२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


ताप्लेजुङमा नौं थान भरुवा बन्दुक नियन्त्रणमा


0
Shares

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनामा एकै गाउँपालिकाबाट नौ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।

फक्ताङलुङ गाउँपालिकामा पर्ने इखाबु, खेजेनिम र लिङ्खीमबाट ९ थान भरुवा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

लुकाइछिपाई राखिएका हातहतियार संकलन तथा खोजतलास गरी नियन्त्रणमा लिने अभियान अन्तर्गत एक महिनाको अवधिमा उक्त हतियारहरु फेला पारी नियन्त्रणमा लिएको ताप्लेजुङ प्रहरी प्रमुख संजयसिंह थापाले बताए ।

उनले यस्ता हतियार नियन्त्रणमा लिने अभियान जारी रहेको जानकारी दिए ।