
काठमाडौंको रानीपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारी र ललितपुरको बुङ्मतीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियान सुरु गरेका थिए ।
तर, समयले पूरै एक वर्ष पार गरिसक्दा पनि ती स्थानको पुनःनिर्माण लथालिंग अवस्थामा रहेको छ ।
राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री स्वयंले शिलान्यास गरेका कामको हविगतले प्रष्ट पार्छ, महाभूकम्पपछिको पुनःनिर्माणको काम कस्तो हालतमा रहेको छ भन्ने ।
महाभूकम्पले तहस–नहस बनाएका पुरातात्विक महत्वका सम्पदामात्रै होइन, अहिलेसम्म सरकारी तवरबाट कुनैपनि व्यक्तिको घर पुनःनिर्माणको काम फत्ते भयो भन्नु गल्ती हुनेछ ।
गत वर्ष राष्ट्रप्रमुख र सरकार प्रमुख नै सहभागी भएर पुनःनिर्माणको महाअभियान सुरु गरिएपछि स्थानीय जनतालाई पनि धेरै आशा जागेको थियो ।
राष्ट्रप्रमुख र सरकार प्रमुखले आफ्नो इज्जतका लागि भएपनि यी ठाउँको पुनःनिर्माणलाई तीव्रता दिन्छन् भन्ने आशामा बाँचेका स्थानीय वासिन्दाले साता, महिना हुँदै एक वर्षको समय आशै–आशमा बिताए ।
ललितपुरको बुङ्मति र खोकनामा भूकम्पले लडाएका अधिकांश बस्तीहरु अहिलेपनि भग्नावशेषकैरुपमा रहेका छन् भने स्थानीय वासिन्दा पाल र अस्थायी टहरोमा रात काट्न विवश छन् ।
ऐतिहासिक महत्व बोकेका सम्पदाहरु र यसभित्रका महत्वपूर्ण सामग्रीहरु माटोमा मिल्नेक्रममा छन् ।
श्रीलंका सरकारको आर्थिक सहयोगमा करिब एक महिनाअघि प्रसिद्ध रातो मछिन्द्रनाथको मन्दिर निर्माणको काम सुरु त भएको छ तर स्थानीयले चित्त बुझाएका छैनन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्