२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


मेक्सिकोमा एक संगीत समारोहमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु


0
Shares

मेक्सिकोको किटाना राज्यको प्लाया देलमा संगीत समारोह भइरहँदा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।

आक्रमणमा मारिनेमा दुई क्यानेडियन, एक इटली र एक जना कोलोम्बियन नागरिक परेका छन् भने एक महिलाको भागदौडमा क्रममा मृत्यु भएको हो ।

बन्दुकधारी भने फरार भएका छन् । घटनामा १५ जना घाइते भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । (एजेन्सी)