२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


वडा कार्यालयमा शंकास्पद बस्तु फेला


0
Shares

कैलाली, फागुन ३० । कैलालीको जोशीपुर गाउँपालिकाको वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ ।

वडा नम्बर ५, ६ र ७ को संयुक्त कार्यालयमा शंकास्पद बस्तु फेला परेको हो । तीनवटै वडाको कार्यालय एउटै घरमा छ ।

वडा कार्यालयको बरन्डामा रातो कपडाले बेरेको अवस्थामा उक्त बस्तु फेला परेको हो । शंकास्पद बस्तुको पहिचान गर्न र निष्क्रिय तुल्याउन सेनालाई खबर गरिएको प्रहरीले जनाएको छ ।