‘संविधान संशोधनलाई कसैले रोक्न सक्दैन’ « Image Khabar


‘संविधान संशोधनलाई कसैले रोक्न सक्दैन’


Imagekhabar
४ माघ २०७३, मंगलवार १४:२१

                                                                                             फाइल फोटो
नेपाल प्रेस युनियन पर्सा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले ‘मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न सक्दैन’–भने ।

एक प्रश्नको उत्तरमा उनले संगठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए ।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वसभासद् रामेश्वर रौनियारले पोखरियामा सेवा केन्द्र हुनुपर्ने माग गर्दै मन्त्री निधिलाई ज्ञापनपत्र बुझाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्