
कैलाली । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बन्दकर्ताले बसमा आगजनी गरेका छन ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बसमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा बसमा आगजनी गरिएको हो ।
यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका लागि हिंडेका बसहरुलाई रोक्दै गरेका तीन जना बन्दकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुदुरपश्चिमको तराईलाई पहाडी जिल्लासग जोड्ने भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा किन गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिए ।
बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्