१४ दशमलव ८ मेगावाट क्षमताको आयोजनाको ड्यामसाइड र सुरुङमार्गको काम आगामी फागुनको दोस्रो हप्तासम्म सक्ने लक्ष्य राखिएको छ ।
१ हजार ३ सय मिटर लामो सुरुङमार्गमध्ये करिब १ हजार १ सय मिटरको काम पूरा भइसकेको आयोजनाका प्रबन्धक किरण श्रेष्ठले जानकारी दिए ।
स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजनाको काम गत वर्षको भूकम्प र भारतीय नाकाबन्दीका कारण केही समय अवरुद्ध भएको थियो ।
आयोजनाले सुरुङमार्ग निर्माण सम्पन्न भएलगत्तै विद्युत्गृहको काम अघि बढाइने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्