२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चीनसँगको सम्बन्धबारे सबै दलको एउटै नीति रहेको ओलीको दाबी (भिडियो)


0
Shares

चिनियाँ समाचार समिति ‘सिन्ह्वा’को काठमाडौं ब्युरोले मंगलबार काठमाडौंमा गरेको चीन–नेपाल ‘थिंक ट्यांक’ सम्मेलनको उद्घाटन गर्दै ओलीले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

आफूले गत वर्ष चीन भ्रमणकोबेला गरेको पारवहन तथा यातायात सम्झौताको यथाशीघ्र कार्यान्वयन हुनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाल भारतबाट घेरिएको यथार्थलाई आत्मसात् गर्दै जतिसक्दो छिटो चीनसँगको पारवहन सन्धि कार्यान्वयन गर्नुपर्छ’–भने ।

यस्तै, नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमीले विश्वका दुई आर्थिक शक्तिकोरुपमा उदाएका चीन र भारतबीच नेपालले पुलको भूमिका खेल्नसक्ने धारणा राखिन् ।

कार्यक्रममा चीनको चाहार प्रतिष्ठानको अन्तर्राष्ट्रिय एडभाइजरी बोर्डका महासचिव ह्वाङ योयीले दुबै देशका राजनीतिक नेतृत्वबाट दुई देशबीचको पुरानो सम्बन्धलाई पुनरावलोकन गर्दै नयाँ मान्यताअनुरुप सम्बन्धलाई अघि बढाउनुपर्ने धारणा राखे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्