प्रधानमन्त्री स्वदेश फिर्ता, भने–‘निर्वाचनको मिति छिट्टै घोषणा’ « Image Khabar


प्रधानमन्त्री स्वदेश फिर्ता, भने–‘निर्वाचनको मिति छिट्टै घोषणा’


Imagekhabar
४ माघ २०७३, मंगलवार १८:२३

संयुक्त अरब इमाइरेट्स (युएई)को तीनदिने भ्रमणपछि मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै संसदबाट निर्वाचनसम्बन्धी विधेयकहरु पारित गरेलगत्तै सहमति कायम गरी निर्विाचनको मिति घोषणा गर्ने बताए ।

सन् २००३ देखि युएईको जेलमा रहेका अमरबहादुर बमको रिहाइका लागिसमेत आफूले भ्रमणकाक्रममा पहल गरेको उनले बताए ।

दशौं विश्व ऊर्जा सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न त्यहाँका व्यापारीहरुलाई आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्