
मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुुरा गर्दै ओलीले आगामी १० महिनाभित्र तीनै तहको निर्वाचन गराइ सक्नुुपर्ने भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए ।
निर्वाचनलेमात्रै मुुलुुकलाई निकास दिने भन्दै उनले ‘अरु विषयमा अल्झन हुँदैन’–भने ।
उनले संविधान संशोधन प्रस्ताव मुुलुुकको हितमा नभएकाले सो प्रस्ताव संसदबाट कुनैपनि हालतमा पारित हुन नदिने बताए ।
पत्रकारको प्रश्नमा उनले न्यायाधीशहरुको नियुुक्तिका विषयमा राजनीतिक हस्तक्षेप गरेर न्यायालयमाथि नै नकारात्मक प्रभावपार्ने काम सरकारले गरेको आरोप पनि लगाए ।
प्रतिक्रिया दिनुहोस्