२८ वर्षे उमेर हदबन्दी सच्याएर स्ववियु निर्वाचन गर्न नेविसंघको माग « Image Khabar


२८ वर्षे उमेर हदबन्दी सच्याएर स्ववियु निर्वाचन गर्न नेविसंघको माग


Imagekhabar
५ माघ २०७३, बुधबार १८:०७

नेविसंघ केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो संगठनका अध्यक्ष नैनसिंह महरले २८ वर्षे उमेर हदबन्दी सच्याएर आगामी फागुन १४ गते निर्वाचन गर्न माग गरे ।

उनले समानुपातिकतर्फको पदाधिकारी समानुपातिक सूचीबाटमात्रै गर्नुपर्ने प्रावधान अवैज्ञानिक भएको भन्दै त्यसलाई पनि सच्याउनुपर्ने बताए ।

नेविसंघले स्ववियु निर्वाचन सम्पन्न गर्नका लागि सात हजार एक सदस्यीय समिति गठन गरेको पनि सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्