२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


९ महिलालाई सम्मान


0
Shares

काठमाडौं, फागुन २९ । मोतिदेवी स्मृति केन्द्रले विभिन्न क्षेत्रका ९ जना महिलाहरुलाई सम्मान गरेको छ ।

बुधबार राजधानीमा केन्द्रद्वारा प्रकाशन गरिएको ‘प्रेरणादायी महिलाहरु’ नामक पुस्तकको विमोचनकाक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रदेश नम्बर–३ का सांसद अष्टलक्ष्मी शाक्यले उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा नेपालको पहिलो महिला प्रहरी चैतमाया डंगोल, वामपन्थी नेता कमला अमात्य, महिला पत्रकार प्रेमकुमारी पन्त, प्रा. डा. प्रभाकुमारी हमाल, अधिकारकर्मी टेकु नेपाली, टीका दाहाल, बन्दना नेपाल, उद्यमी अञ्जना ताम्राकार र प्रदेशसभा सदस्य उमादेवी वादी रहेका छन् ।

पुस्तकमा विभिन्न क्षेत्रबाट प्रेरणादायी भूमिका खेलेका १५ जना महिलाहरुको चर्चा गरिएको छ ।