प्रियंका चोपडाको नेपाली फिल्ममा कलाकार को-को ? « Image Khabar


प्रियंका चोपडाको नेपाली फिल्ममा कलाकार को-को ?


Imagekhabar
६ माघ २०७३, बिहीबार ०८:४३

प्रियंकाले निर्माण गर्न लागेको फिल्म ‘पउवा’ अर्थात ‘पाहुना’ सम्पूर्ण कलाकार नेपाली भाषी हुने भएपछि प्रिंयकाको टिमलाई कलाकार छान्न सकस भएको छ ।

अहिलेसम्म अभिनेता सुनिल थापाले प्रियंकासँग काम गर्ने पक्कापक्की जस्तै छ । सुनिलले यसअघि पनि प्रियंकासँग ‘मेरी कोम’मा काम गरेकाले उनीहरूबीच सुमधुर सम्बन्ध रहेका कारण सुनिल रोजाइमा परेका हुन भन्ने चर्चा छ ।
सिक्किमकै मन्जु क्षेत्रीलाई नायिकको रुपमा छनोट गर्ने चर्चा पनि चल्न थालेको छ ।

पूर्वी सिक्किमको रंगोलीमा जन्मिएकी मन्जुलाई नेपाली दर्शकले यो भन्दा अगाडी चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘खड्काजी’ कि कान्छी श्रीमतीको रुपमा देखिएकी थिइन् ।

विज्ञापन र डकुमेन्ट्रीमा समेत काम गरेकी मन्जुले केहि हिन्दी सिरियल र म्युजिक भिडियोमा काम गरेकी छिन् ।

यद्यपी, नेपाली कलाकारको आधिकारीक टुंगो भने लागिसकेको छैन् । सुनिल र मन्जुलाई प्रिंयकाको निर्माण टिमले भने रुचाएको छ । तर फिल्ममा उनीहरुको भूमिका के रहन्छ भन्ने निश्चित छैन् ।

प्रियंकाको होम प्रडक्शनले सिक्किमलाई आधार बनाएर नेपाली फिल्म बनाउन लागेको हो । उनको होम प्रडक्शन ‘पर्पल पेबल’ लाई हाल उनकी आमा मधु चोपडाले सम्हालेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्