२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


प्याब्सन अध्यक्षमा पुरी


0
Shares

काठमाडौं, फागुन २९ । निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन)को अध्यक्षमा टीकाराम पुरी निर्वाचन भएका छन् ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको १४औं महाधिवेशनले पुरीलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो ।

अध्यक्षमा टीकाराम पुरी र डीके ढुंगानाले मनोनयन दर्ता गराएकामा पूर्वअध्यक्षहरुको पहलमा पुरी अध्यक्ष र डीके ढुंगानालाई सहअध्यक्ष चयन गरिएको हो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे सर्वसम्मत् चयन भएका छन् ।

महाधिवेशनका लागि दुई हजार ४३८ प्रतिनिधि काठमाडौं आएका थिए ।