२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपाल–भारत विद्युत् व्यापारले आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउने : प्रतिवेदन


0
Shares

नेपाल–भारत सीमापार विद्युत् व्यापारको आर्थिक लाभ विषयमा अध्ययन गरिरहेको भारतको इन्टिग्रेटेड रिसर्च एन्ड एक्सन फर डेभलपमेन्ट (आइआरएडीइ)ले विहीबार राजधानीमा प्रतिवेदन सार्वजनिक गरी नेपाल–भारत सीमापार विद्युत् व्यापारले दुबै देशको आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउने जनाएको हो ।

प्रतिवेदनले आफूले उत्पादन गरेको विद्युत्का लागि नेपालले सीमापार विद्युत् व्यापारको माध्यमबाट दक्षिण एसियाली बजार पाउने उल्लेख छ ।

त्यस्तै, भारतबाट विद्युत् आयातका लागि पहिले नै दुई देशबीच पूर्वाधार बनिसकेकोले सीमापार विद्युत् व्यापारका लागि सोही पूर्वाधारलाई थप विस्तार गरेमात्र पुग्ने उल्लेख छ ।