१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


संसद बैठक आज बस्दै, एकहप्तामा दलहरुबीचको प्रगती शून्य


0
Shares

एक हप्तापछि बस्न लागेको बैठकमा बोनस पाँचौं संशोधन विधेयक र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिए पनि आजको कार्यसूचीमा समावेश गरिएको छैन ।

संविधान संशोधनका विषयमा दलहरुबीच सहमति जुटोस् भनेरै संसद बैठक एक हप्तासम्मको लागि स्थगित गरिएको थियो ।

तर यसबीचमा दलहरु माझ कुनै छलफल भएको छैन । सत्तारुढ दल पहिले संशोधन विधेयक अगाडि बढाउनुपर्ने पक्षमा छन् भने विपक्षी दलले निर्वाचनसम्बन्धी विधेयकलाई जोड दिएका छन् ।

दलहरु संशोधन विधेयक पास र फेल गराउने रणनीतिमा लागेकाले निर्वाचनसँग सम्बन्धित विधेयक प्राथमिकतामा नपरेको हो ।