
शुक्रबार प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी चैतमै सरकार नफेरिने दाबी पनि गरे ।
निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधन प्रस्तावमाथि छलफल अघि बढ्ने भन्दै उनले मुलुक निर्वाचनतर्फ अघि बढिसकेको बताए ।
निर्वाचन विधेयक पारित गर्न ढिलाइ भएकाले निर्वाचनसमेत ढिलो भएको उनको भनाइ थियो ।
पत्रकारको एक प्रश्नमा सभापति देउवाले संविधान संशोधनमाथि अब हुने छलफलमा विपक्षी दलले अवरोध नगर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्