२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र हुँदैछ : ज्ञवाली


0
Shares

                                                                                      फाइल फोटो
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु म्याग्दीको १९औं जिल्ला अधिवेशनको शुक्रबार बेनीमा उद्घाटन गर्दै सचिव ज्ञवालीले नेपाललाई अस्थिरतातर्फ धकेल्न केही शक्तिहरु संविधान कार्यान्वयन हुन नदिन लागेको आरोप लगाए ।

वर्तमान सरकारलेसमेत चुनावलाई पन्छ्याउन संविधान संशोधन विधेयक ल्याएको आरोप लगाउँदै उनले अनुचित उद्देश्य पूर्तिका लागि ल्याइएको संविधान संशोधनलाई एमालेलगायतका प्रतिपक्ष दलहरुले असफल बनाएरै छाड्ने उद्घोष गरे ।

उनले मुलुकमा संविधान कार्यान्वयनको लागि निर्वाचनको तयारीमा जुट्नुको विकल्प नभएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । रासस