
मेगा बैंक सन्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सन्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुबै बैंकको सन्चालक समितिका सदस्यहरुको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिबमोजिम ‘मर्जर’पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने जनाइएको छ ।
सेयर आदान–प्रदान अनुपात ‘डीडीए’ प्रतिवेदनको आधारमा फरक पर्नसक्ने गरी हाललाई मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको सेयर आदान–प्रदान अनुपात १०० बराबर ९५ तय गरिएको जनाइएको छ ।
साथै, मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जरपछिको संस्थामा निरन्तरता पाउने पनि सहमति भएको जनाइएको छ ।
मेगा बैंकको हालको चुक्तापुँजी रु. ४ अर्ब १ करोड र टुरिजम् डेभलपमेन्ट बैंकको चुक्तापुँजी रु. ९१ करोड ९७ लाख रहेको जनाइएको छ ।
मेगा बैंक सन्चालक समितिले १३.९५ प्रतिशत बोनस सेयर जारी गर्ने सिफारिस गरेको छ भने टुरिजम् डेभलपमेन्ट बैंकले १८.६० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस्