कृषि विकास बैंक ५०औं वर्षमा

२०६२ असारमा पब्लिक कम्पनीमा परिणत भएको यो बैंक धेरै आरोह–अवरोह पार गर्दै पछिल्लो समय प्रतिस्पर्धी बन्दै गएको छ ।
स्थापनाकालदेखि हालसम्म ७ खर्ब १७ अर्ब कर्जा प्रवाह गरी ६ खर्ब २९ अर्ब रुपैयाँ असुली गरिसकेको बैंकले जनाएको छ ।
हाल करिब १ लाख ६२ हजार ग्राहकहरुमा ८८ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानीमा रहेको पनि जनाएको छ ।
स्वर्णजयन्तीको अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहमा अर्थमन्त्री कृष्णबहादुर महराले बैंकिङ पहुँच विस्तारमा कृषि विकासको अझ विशेष भूमिका हुनसक्ने भन्दै यसलाई जनताकै बैंक बनाउनुपर्नेमा जोड दिए ।
अधिकृत पुँजी १८ अर्ब रहेको यस बैंकको जारी पुँजी ११ अर्ब ३३ करोड रहेको छ ।
२०७२/०७३ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापुँजी ७ अर्ब ८ करोड पुग्ने जनाइएको छ ।
हाल २ सय ५० शाखाबाट सेवा पुर्याउँदै आएको बैंक गत आर्थिक वर्षमा २ अर्ब ५३ करोड खुद नाफा आर्जन गर्न सफल भएको पनि जनाइएको छ ।
अझैपनि कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण अंश रहँदै आएको कृषि क्षेत्रको प्रवद्र्धन गरी आर्थिक उन्नति गर्न कृषि विकास बैंकको भूमिका झनै महत्वपूर्ण रहनेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।