‘नेपालमा आतंकवादीले सेल्टर लिने खतरा’

राजधानीमा तीन दिन चलेको अन्तराष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)को २३ औं एसिया क्षेत्रीय सम्मेलनको समापनमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो अनुभवलाई हेर्दा यस्तो सम्भावना देखिएको बताएका हुन् ।
नेपालमा आतंकबाद नियन्त्रण सम्बन्धी कानुन नै नभएको सुनाउँदा अन्य देशका प्रहरी अधिकारीले अचम्म मानेको बताउँदै शर्माले भने,‘अलकायदा, आईएसआईएस र मुजाहिद्दिनजस्ता आतंकबादी संगठनको गतिविधि छैन् भनेर ढुक्क भएर बस्न सकिदैन ।’
शर्माले सुपुर्दकी सन्धिको अभावमा अन्तरदेशीय अपराध नियन्त्रणमा कठिनाइ भइरहेको बताए । विभिन्न ३३ देशका १ सय ३२ कानुन कार्यान्वयन इकाईका उच्च अधिकारी सहभागी सम्मेलन सन् २०१७ देखि २०२० सम्मका निम्ति पाँच रणनीति पारिद गर्दै समापन भएको हो ।
-कान्तिपुर दैनिकबाट